images
images

बालेनको प्रतिक्रियाः ‘मेरो नाममा फेक लाइभ बसेर लाखौं कमाउनेको माया लागेको छ !’

काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले टिकटक बन्द गराउने सरकारको निर्णयलाई घुमाउरो भाषामा समर्थन जनाएका छन् ।

टिकटक बन्द गराउने सरकारको निर्णयमा अरु केही दुःख नलागेपनि आफ्नो फेक नामबाट लाइभ बसेर लाखौं कमाउनेहरुको माया लागेको उनले टिप्पणी गरेका छन् । उनले टिकटक बन्द गर्दा धेरैको रोजगारी खोसिएको भन्दै व्यङ्ग्य गरेका छन् ।

‘अरु त केही दुःख लागेन । मेरो नाममा फेक लाइभ बसेर लाखौं कमाउनेको चाहीँ माया लागेको छ । दुःख लाग्यो, रोजगारी सिर्जना भएको थियो !’ उनले भनेका छन् ।