images
images

मारवाडी सेवा समितिले गर्‍यो दीपावली स्नेह मिलन कार्यक्रम

काठमाडौं । मारवाडी सेवा समिति नेपालले दीपावली स्नेह मिलन कार्यक्रम आयोजना गरेको छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा दीपावलीको शुभकामना आदान प्रदान गरियो ।

कार्यक्रममा १९औं एसियन गेम्समा ९ बलमा अर्धशतक बनाई विश्व कीर्तिमान बनाउन सफल क्रिकेटर दिपेन्द सिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व किर्तिमान बनाउने कुशल मल्ललाई जनही एक लाख एक हजार नगदसहित सम्मान गरियो ।

यस्तै, नेपाल क्रिकेट एसोसिएसन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । यसैगरी मारवाडी समाजका सदस्य एवम् राष्टिय त्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल, पूर्व क्रिकेटर पारस लुनियालाई समेत सम्मान गरिएको थियो ।

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि मारवाडी सेवा समितिले पठाउने राहत सामग्रीको बारेमा पनि जानकारी दिइएको थियो ।