images
images

प्रधानमन्त्रीले लिए तीन वटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

काठमाडौं। ​प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ वटा सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन् ।

प्रधानमन्त्रीले आज बिहान यही कात्तिक ७ गते दुर्गा प्रसाईंले गर्न लागेको आन्दोलन र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले गर्न लागेको आन्दोलनका विषयमा ब्रिफिङ लिएको हुन् ।

‘७ गते दुई समूहको आन्दोलनमा हुने सुरक्षा थ्रेटका विषयमा ब्रिफिङ लिनु भएको हो,’ प्रधानमन्त्री सचिवालयका एक अधिकारीले भने ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल र राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापासँग प्रधानमन्त्रीले ब्रिफिङ लिएका हुन् ।

३ वटै सुरक्षा निकायका प्रमुखले अहिले अवस्थाको बारेमा जानाकारी गराएका थिए ।