images
images

एमालेको विशेष बैठक आज

काठमाडौं : नेकपा एमालेको बैठक शनिबार दिउँसो बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

 

 

बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्य, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखलगायतलाई बोलाइएको छ।

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न विशेष बैठक बोलाएको हो।

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दैछ।