images
images

नेपाललाई विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छः शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको जिकिर गरे।

उनले यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गरे। उनले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको बताए।

उनले भने, ‘यतिबेला दुई शक्तिमाथि प्रहार भइरहेको छ। एउटा नेकपा एमाले र अर्को नेपाली सेना। यी दुई वटा शक्तिलाई कमजोर पार्न सकियो भने नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिन्छ, पकेट बनाउन सकिन्छ नेपाल राज्यलाई भन्ने मान्यताका आधारमा नेकपा एमालेमाथि प्रहार भइरहेको छ।’