images
images

अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)

तराई–मधेसलगायत काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

ब्रतालुहरू आज पानीसमेत नखाइकन निराहार व्रत बसेका छन् । छठको मुख्य दिन आज नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पव विधिपूर्वक समापन हुन्छ ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने विश्वास गरिन्छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि चार दिनसम्म मनाइन्छ ।

छठका लागि तराई–मधेस र काठमाडौं उपात्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ पारिएको छ । विशेष गरी मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व अहिले पहाडी क्षेत्रमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।