images
images

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिटमा आजदेखि सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।