images
images

अर्थतन्त्र सुधार गर्ने विषयमा प्रधानमन्त्रीको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न बैंठक बोलाउनु भएको छ ।

अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएको बैंठक आज बस्दैछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आजको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने जानकारी दिनुभयो ।

बैठक दिउँसो साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।