images
images

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

उक्त क्षेत्रलाई सोमबारदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले बताएका छन्।

प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकिएको काठमाडौँ प्रशासनले जानकारी गराएको छ।l