images
images
images

मंसिर ७ गते युवा संघको कार्यक्रम तीनकुनेमा हुने

काठमाडौँ – सरकारले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि नेकपा एमालेको भ्रातृ संगठन युवा संघले काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने भएको छ।

युवा संघले सोमबार विज्ञप्ति जारी गर्दै मंसिर ७ गते युवा संघ र अनेरास्ववियुको आयोजनामा गर्न लागिएको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ तीनकुनेमा हुने जनाएको हो।

सोही दिन व्यवसायी दुर्गा प्रसाईको समूहले पनि काठमाडौँमा विरोध प्रदर्शनको कार्यक्रम गर्दैछ। दुबै पक्षको कार्यक्रमले तनावको अवस्था सिर्जना हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।