images
images

मंसिर ७ गते बल्खुमा प्रदर्शन गर्दै दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर ७ गते बल्खुमा प्रदर्शन गर्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं र प्रसाईं समूहबीचकाे छलफलपश्चात् उनले बल्खुचाेकमा प्रदर्शन गर्ने भएका हुन्।

प्रशासनले साेमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको थियाे। त्यसपछि दुवै पक्षबीच छलफल गरी प्रसाईं समूहलाई बल्खुचाेकमा प्रदर्शन गर्न अनुमति दिइएको हो।

प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

प्रसाईं समूह र एमाले निकटको राष्ट्रिय युवा संघकाे कार्यक्रम जुधेपछि प्रशासनले सुरक्षा चुनाैतीलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे हाे।