स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह चढेको गाडीमाथि ढुंगामुढा

काठमाडौँ – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह चढेको गाडीमाथि ढुंगामुढा भएको छ।

गृहजिल्ला सर्लाहीबाट सिमरा विमानस्थल आउने क्रममा घनकौल गाउँपालिकामा कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहको नेतृत्वमा आएको समूहले आफ्नो गाडीमा तोडफोड गरेको सांसद सिंहले जानकारी दिए।

बा १७ च ९६३२ नम्बरमा आएको जिल्ला सभापति नेतृत्वको समूहले गाली गलोज गर्दै आफ्नो बा १५ च ११४३ नम्बरको गाडीको सिसा फुटाएको सिंहले दाबी गरे। घटनानको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सांसद सिंहले दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका छन्।