सांसद एकनाथ ढकालद्वारा कम्बोडियाली सभामुख संग भेट

संघिय संसद नेपाल – प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र कम्बोडिया संसदकी अध्यक्ष ( सभामुख ) माननीय कून सुदारी संग कम्बोडियाली संसद भवनमा सोमबार शिष्टाचार भेट गरि आपसी हित र समसामयिक बिषयमा कुराकानी गर्नु भएको छ।

अध्यक्ष सुदारीले सांसद ढकाल मार्फत नेपालको प्रतिनिधि सभाका सभामुख सम्माननीय देबराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिनालाइ शुभकामना संदेश समेत पठाउनु भएको छ। सांसद ढकालले नेपाल र कम्बोडिया बीच साँस्कृतिक आदानप्रदान तथा पर्यटनको विकास बारे कुरा राख्नु भयो।

३ दिने मैत्रीपूर्ण भ्रमणको शिलशिलामा मित्र राष्ट्र कम्बोडियामा रहेका ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।