images
images

मन्त्रिपरिषद् बैठक: ऊर्जा सचिव घिमिरे र उपरथी पाण्डेको राजीनामा स्वीकृत

काठमाडाैं । मन्त्रिपरिषद्काे बैठकले विभिन्न पाँचवटा निर्णय गरेकेा छ । मंसिर ७ गते विहीवार बसेको मन्त्रिपरिषद्काे बैठकले स्वीजरल्याण्ड सरकारले प्रदान गर्नलागेकाे स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने लगायतका पाँचवटा निर्०य गरेकाे हाे ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने  र सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेकाे छ । जाँचबुझ आयोगमा  रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्टलाई थप गरिने भएकाे हाे ।

यसै गरी बैठकले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागु हुने गरी र उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेकाे हाे ।