images
images

कृषि तथा व्यावसायिक कामका लागि लिएको ऋणको ब्याज चन्द्रागिरिले तिरिदिने

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिकाले कृषि तथा व्यावसायिक प्रयोजनका लागि लिएको ऋणको ब्याज तिरिदिने भएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ काे स्वीकृत कार्यक्रम कृषि, पशु अन्य व्यवसाय लगायत उत्पादन तथा रोजगारमूलक कार्यमा लिएको कर्जाको ब्याजमा अनुदान दिने जनाएको हो।

नगरपालिकाले सूचना जारी गर्दै मूल्यांकनमार्फत् १५ लाखसम्म कृषि तथा व्यवसाय कर्जा दिनसक्ने र त्यसको ६ प्रतिशत ब्याज ‍तिरिदिने भएकाे हाे।

नगरपालिकाले २-४ वर्षसम्मका लागि कृषि विकास बैंकमार्फत लिएको कर्जाको ब्याजमा नगरपालिकाले अनुदान रकम उपलब्ध गराउने छ ।

साथै नगरपालिकाले मौलिक व्यवसायमा अनुदान पनि दिने भएको छ।

नगरपालिकाले इच्छुक उद्याेगी/व्यवसायी/कृषकहरूलाई नगरपालिकामा सम्पर्क गर्न पनि सूचनामा आग्रह गरेकाे छ।