images
images

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा

नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी)को सरुवा गरिएको छ ।

सोमबार गृहमन्त्रीस्तरीय निर्णयले जनपद प्रहरी समूहतर्फका एसएसपीहरूको सरुवा गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत एसएसपी मीरा चौधरीको १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर सरुवा गरिएको छ ।

अपराध अनुसन्धान विभागका एसएसपी उमाशंकर पन्जियारको नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज सरुवा गरिएको छ ।