images
images
images

मनकामना केबुलकार २६ औं वर्षमा :थप स्तरोन्नति तर्फ लम्किदै

मनकामना केबलकारले करिब ४५ करोड रुपैयाँ खर्चिएर स्तरोन्नति गर्ने भएको छ। केबुलकारको २५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले केबलकारलाई डिजिटललाइज गर्नका लागि ४५ करोड खर्चिने जानकारी दिएको हो।

केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए। अस्ट्रियाको डोपलमेयरकम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने केही काम भएको र बाँकी काम आगामी सन् २०२४ को भदौ/असोजमा सम्पन्न गर्ने योजना रहेको उनले बताए। अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरूपमा सञ्चालन हुने श्रेष्ठले बताए।

एक वर्षमा हाइ इण्ड रिसोर्ट बन्ने

कम्पनीले यात्रुलाई सेवा दिनेसँगै पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले आउँदो सन् २०२४ को अन्तिम भित्रै ‘रिसोर्ट्स बाइ मनकामना’ संचालनमा ल्याउने योजना बनाएको छ।

४० कोठा रहने सो रिसोर्ट निर्माणका लागि करिब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। रिसोर्टमा पाहुनाले स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल, रेष्टुरेन्ट लगायत सेवा लिन सक्ने श्रेष्ठले जानकारी दिए।

मनकामना मन्दिर परिसर र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने सो रिसोर्टले भूमिका खेल्ने उनले बताए।

मनकामना दर्शन प्रा. लि. वि.सं. २०५३ कार्तिक २२ गते स्थापना भएको थियो। वि.सं. २०५५ मंसिर ८ गतेबाट यसले व्यवसायिक सेवा सुरु गरेको थियो। परियोजनालाई नेपाल बैंक लिमिटेडको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक र तत्कालिन नेपाल बंगलादेश बैंकले ऋण लगानी गरेका थिए।