images
images

सरकारले राम्रो काम गर्न नसक्दा देशमा अराजकता बढ्यो ; ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताएका छन् ।

नेपाल सम्वत ११४४, नववर्ष, तिहार र छठ पर्वको अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेकाले देशमा अराजकता बढेको बताए ।

सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको समेत उनले आरोप लगाए । सरकारले गरेको गल्तीको भागेदार सरकारमा रहेका दलहरु नै हुने उनले बताए ।

अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुन सक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गरे । देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउँदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गरे ।

पुराना इतिहासको सकारात्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने उनको धारणा छ । जनतालाई जात, धर्मको नाममा विभाजित गर्ने प्रयास गरेर अहिले देशका विरुद्ध षड्यन्त्र भइरहेका भन्दै उनले देशको रक्षाका लागि एमाले जनतालाई साथमा लिएर अग्रपंक्तिमा उभिएर लड्न तयार रहेको जिकिर गरे ।