images
images

सामाजिक सञ्जाल हिरोलाई जिरो र भिलेनलाई हिरो बनाउन केन्द्रितः प्रचण्ड

काठमाडाैं ।    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल हिरोलाई जिरो र भिलेनलाई हिरो बनाउन केन्द्रित भएकाे बताएका छन् । पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पछिल्लाे समय सामाजिक सञ्जालकाे दुरुपयाेग गर्दै भिलेनहरुलाई हिराे बनाइ रहेकेा बताएका हुन् ।

उनले पार्टीका हरेक माेर्चामा रहेर काम गरीरहेका नेता कार्यकर्ताहरुलाई समाजिक सञ्जालकाे सहि सदुपयाेग गर्दै पार्टीका बिचारहरु जनतासामु पर्याउन निर्देशन समेत दिए ।

उनले सरकारको तर्फबाट इमान्दार प्रयत्न भइरहेकोबताउँदै पछिल्लो पटक नेपाल सम्वतबारे गरेको निर्णयलाई उपत्यकाको नेवार समुदायले राम्रो मानेको भन्दै उनले भने, ‘अरुले राम्रो भनेका छन्, बधाई दिएका छन् । तर हाम्रै संयन्त्र चाहिँ कताकता राम्रो भन्न तयार भएको देखिँदैन ।’ आत्मविश्वासका साथ सरकारले गरेको कामको पक्षमा उभिन उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

आइतबार मात्र आफूले सुकुम्बासी समस्या समाधानका लागि एक साताभित्र ऐन संशोधन गर्ने निर्णय गरेको उनले सुनाए । वन ऐन पनि संशोधन गर्ने निर्णय भएको भन्दै उनले त्यसपछि सुकुमबासी समस्या समाधान हुने दाबी गरे ।

स्कुलको अगाडि रहेको रुख ढलेर विद्यार्थीको मृत्यु भयो, तर रुख काट्न वनले अनुमति नदिएको भन्दै उनले भने, ‘त्यसलाई बदल्ने भनेर हामीले निर्णय गरेका छौं । त्यो ऐन संशोधनपछि लालपूर्जा वितरण वा वनले रोकेको विकास निर्माणका काम हुन्छ । त्यो खुल्नेवित्तिकै ठूलो क्रान्ति हुन्छ भन्ने मेरो विश्वास छ ।’