images
images

निर्वाचन आयोगले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

काठमाडौँ-निर्वाचन आयोगले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो। जसअनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको छ ।

यस्तै आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।