images
images

लिमा अधिकारी बनिन् रास्वपा कोषाध्यक्ष ,को हुन् अधिकारी ??

एमालेका दिवंगत नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् ।

बुधबार सम्पन्न पार्टीको बैठकले उनलाई कोषाध्यक्ष बनाएको हो ।

लिमा यसअघि रास्वपा केन्द्रीय सदस्य थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्दै तत्काल केन्द्रीय सदस्य बनेकी हुन् ।

त्यसको छोटो समयमा नै उनलाई पार्टीको महत्वपूर्ण पोर्टफोलियो प्राप्त भएको छ ।

आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य थिइन् लिमा । उनी एमालेको उद्योग विभागमा पनि थिइन् ।

एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उनी त्यसैमा आवद्ध भइन् । नेकपा एसको केन्द्रीय परिषद सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको निर्देशक पनि हुन् ।