images
images
images

बालेनले भने – मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राजनीतिक दलका नेताहरूप्रति व्यङ्ग्य गरेका छन्। उनले बुधवार राति सामाजिक सञ्जालमार्फत ८४ ले देश बन्दैन भनी व्यङ्ग्य गरेका हुन्।

उनले ८४ ले देश नबनी नेताहरूलाई सक्काएर मात्र देश बन्ने उल्लेख गरेका छन्। राजनीतिक दलका नेताबाट देश नबन्ने तर्क बालेनकाे छ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ। तिमीहरूलाई सक्काएर बन्छ।’

पछिल्लो समय केही दलले ‘मिसन–८४’ अभियान चलाइरहेका छन्। साेही अभियानलाई लिएर उनले व्यंग्य गरेका हुन्।