images
images

जनताका हितका निम्ति गर्नुपर्ने काम एमालेले गर्छ :ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने जिम्मा अब एमालेले लिने बताएका छन् । बिहीबार गोठलापानीमा ‘झुलाघाट–चिवा भन्ज्याङ यात्रा’को पहिलो आरम्भ सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस देशमा नेकपा एमाले रहेको भन्दै देशलाई पराधीन हुन नदिने दाबी गरे ।

‘यस देशको भूगोलको रक्षा एमालेले गर्छ । सार्वभौम सत्ताको रक्षा एमालेले गर्छ । देशको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा एमालेले गर्छ’, ओलीले भने, ‘जनताका हितका निम्ति गर्नुपर्ने काम एमालेले गर्छ । आवश्यक कदम चाल्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले विकासलाई साकार बनाइ छाड्ने भन्दै एमालेको नेतृत्वमा गरिबीबाट देशलाई मुक्त गरेर समृद्ध र धनी देश बनाउने बताए ।

Shivam Cement

उनले एमालेले कुनै पनि नाउमा जनता भाँड्ने र जनतालाई अलग थलग पार्दै जनताका बीचमा मारमुङ्ग्री मच्चाउने किसिमका क्रियाकलापलाई अगाडि बढ्न नदिने बताए ।  उनले देश बनाउने जिम्मा एमालेले लिने भन्दै ढुक्क रहन आग्रह पनि गरे ।

Nabil bank

‘त्यसकारण देश बनाउने जिम्मा नेकपा एमालेले लिन्छ । यहाँहरू ढुक्क हुनुस्’, ओलीको भनाइ छ । यसैकारण झुलाघाट चिवा भन्ज्याङ यात्रा सुरु गरिएको भन्दै बाहिर निस्केर जाडो याममा गरम पारेको ओलीको भनाइ छ ।

Dishhome
NHCL

खबर पढेर तपाईलाई कस्तो महसुस