अबुधावीस्थित नेपाली दुतावास पुगे प्रधानमन्त्री, सेवा प्रवाह चुस्त गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।

कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरिक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिदैँ सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।

प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट दुबइतर्फ प्रस्थान गरेका हुन्।  यही मङ्सिर १४ गतेदेखि कोप–२८ दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनेछन। मङ्सिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल युएईको ५२औँ एकता दिवसका अवसरमा युएईले आयोजना गर्ने समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । मङ्सिर १६ गते  जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवद्र्धन गर्न ‘पर्वतको आह्वान जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ रु’ शीर्षकमा  उच्चस्तरीय छलफल आयोजना गर्दै गर्दैछन्।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित हुनुभएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गनेृ तय भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गरेर त्यहाँ नेपाली समुदायसँग छलफल गर्नुहुनेछभने नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री  वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका वरिष्ठ अधिकारी छन्। प्रधानमन्त्री दाहाल मङ्सिर १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।