images
images

मिस नेपाल श्रृंखला र कान्तिपुरका प्रबन्ध निर्देशक सम्भवबीच विवाह हुँदै

मिस नेपाल २०१८ श्रृंखला खतिवडाले  विवाह गर्ने भएकी छन्।

श्रृंखलाले कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग विवाह गर्न लागेकी हुन्। उनीहरु दुईबीच मंसिर २८ गते विवाह हुन लागेको हो।

गत असोज २८ गते श्रृंखलाले इन्स्टाग्राममार्फत सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्।

श्रृंखलाको परिवारले यी दुईबीच मंसिर २८ गते विवाह हुन लागेको पुष्टि गरेको हो।

मृदुभाषी श्रृंखलाले हार्वर्ड विश्वविद्यालयबाट सहरी योजनामा स्नातकोत्तर गरेकी छन्। उनी नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन्।

त्यस्तै, सम्भव कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन्।