images
images

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडाैँ – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घटाएको हो।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको छ। एलपी ग्यासको मूल्य भने यथावत् छ।

नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ। सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्नेछ। डिजेल र मट्टीतेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।

एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ।