images
images

सस्तैमा सेयर सल्टाएर एनसेलबाट बाहिरियो आजियाटा

काठमाडौँ – एनसेलमा रहेको आफ्नो स्वामित्वको शेयर बेचेर मलेसियाको टेलिकम कम्पनी आजिआटा नेपालबाट बाहिरिएको छ।

आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको हो। उसले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेचेको हो।

आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको शेयर खरिद गरेको थियो।

नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाको भनाइ छ।