images
images

कोप–२८ आज संबोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संबोधन गर्दैछन् । बिहीबारदेखि यूएईको दुबईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरले नेपालले भोगिरहेका समस्याका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनेछन् । जलवायु परिवर्तनको असरका कारण भएको नोक्सानीबापत पाउनुपर्ने क्षतिपूर्तीबारे पनि कुरा उठाउने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ?’ शीर्षकमा उच्चस्तरीय छलफल पनि आयोजना गर्दैछन् ।

सम्मेलनमा सहभागी हुन गएको प्रधानमन्त्री नेतृत्वको नेपाली टोली भोलि साँझ स्वदेश फर्कने तालिका छ ।