images
images

राष्ट्रिय सभा निर्वाचनका लागि कुन दलको कति मतभार

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार तोकेको छ । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाबाट आएको नयाँ आँकडाका आधारमा मतदाताका रूपमा रहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार परिवर्तन गरिएको छ ।

आयोगले यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरेकोमा अहिले बढेर ५३ पुगेको छ । यस्तै स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेकोमा १९ पुगेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशका ५५० प्रदेश सांसद र ७५३ स्थानीय तहका १५०६ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् । नयाँ कायम मतभार अनुसार प्रदेश सांसद कूल मतभार २९ हजार १५० रहेको छ भने स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार १४ हजार ३०७ रहेको छ ।

मतादाताका रूपमा रहेका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको दलीय आबद्धताका आधारमा प्रदेश अनुसार राजनीतिक दलको मतभार यसप्रकार रहेको छ :

कोशी प्रदेश :

कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । यो प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१० रहेको छ । कांग्रेसको कूल मतभार ३ हजार ७२२ मतभार रहेको छ भने माओवादी केन्द्रको १ हजार २७८ रहेको छ ।

यस्तै एकीकृत समाजवादीको ३४५, जनता समाजवादीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

मधेस प्रदेशमा:

१०७ प्रदेश सांसदको ५ हजार ६७१ मत र स्थानीय तहका २७२ जनप्रतिनिधिको ५ हजार १६८ गरी १० हजार ८३९ मत रहेको छ । मधेस प्रदेशमा एमालेको कूल २ हजार ३०२ मतभार, कांग्रेसको ३ हजार १०४, जनता समाजवादी पार्टीको १ हजार ८१७, जनतम पार्टीको ७४६, लोकतान्त्रिक समाजवादी पार्टीको ९३३, माओवादीको ७६६, नेकपा एसको ५८०, नागरिक उन्मुक्ति पार्टीको ५३, राप्रपाको ५३, संघीय समाजवादीको ५३, तमलोपाको ५३ विवेकशील साझा पार्टीको ३८ र स्वतन्त्रको ३७५ मतभार रहेको छ ।

बागमती प्रदेश :

बागमती प्रदेशमा कूल प्रदेश सांसद ११० को ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ ।

यो प्रदेशमा कांग्रेसको कूल मतभार ४ हजार १३, एमालको २ हजार ५७१, माओवादीको २ हजार १९६ मतभार रहेको छ । यस्तै नेकपा एसको ५४२, राप्रपाको ७०८, हाम्रो नेपाली पार्टीको १०६, नेमकिपाको १९७ र स्वतन्त्रको १९ मतभार रहेको छ ।

गण्डकी प्रदेश :

यो प्रदेशमा प्रदेश सभा सदस्य ६० जनाको मतभार ३ हजार १८० र स्थानीय तहका १७०९ जनप्रतिनिधिको मतभार ३ हजार २३० गरी कूल ६ हजार ४१० रहेको छ ।

गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७०४, एमालेको २ हजार ४५८, माओवादीको ९४१ मतभार रहेको छ । यस्तै राप्रपाको १०६, नेकपा एसको ७२, नेपपाको ५३, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्रको १९ मतभार रहेको छ ।

लुम्बिनी प्रदेश :

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्यको ४ हजार ६११ मतभार र स्थानीय तहका २१८ जनप्रतिनिधिको ४ हजार १४२ मतभार गरी कूल ८ हजार ७५३ मतभार रहेको छ ।

यो प्रदेशमा एमालेको २ हजार ८१०, कांग्रेसको ३ हजार १७९, माओवादीको १ हजार २३७ मतभार रहेको छ । यस्तै राप्रपाको २६९, नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमत पार्टीको १५९, नेकपा एसको ५३, राष्ट्रिय जनमोर्चाको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको १५९ मतभार रहेको छ ।

कर्णाली प्रदेश 

कर्णाली प्रदेशमा कूल प्रदेश सभा सदस्य ४९ जनाको २ हजार १२० मतभार रहेको छ भने १५८ जना स्थानीय तहका जनप्रतिनिधिको ३ हजार २ मतभार गरी कूल ५ हजार १२२ मतभार रहेको छ ।

यो प्रदेशमा कांग्रेसको १ हजार ८६३ मतभार रहेको छ भने माओवादीको १ हजार ६५४, एमालेको १ हजार १४२, नेकपा एसको २४३, राप्रपाको ५३ र स्वतन्त्रको १६७ मतभार रहेको छ ।

सुदूरपश्चिम प्रदेश :

यो प्रदेशमा कूल ५३ जना प्रदेश सभा सदस्यको २ हजार ८०९ मतभार रहेको छ भने १७६ स्थानीय तहका जनप्रतिनिधिको ३ हजार ३३४ मतभार गरी ६ हजार १५३ मतभार रहेको छ ।

यो प्रदेशमा कांग्रेसको २ हजार ६४१ मतभार रहेको छ भने माओवादीको १ हजार ५८, एमालेको १ हजार ४८० मतभार रहेको छ । यस्तै नेकपा एसको ३०७, नागरिक उन्मुक्ति पार्टीको ५०४, राप्रपाको ५३ र स्वतन्त्रको ११० मतभार रहेको छ ।