images
images

देउवाले भने : म काम बढी गर्न खोजिरहेको छु

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले यसपटक धेरै काम गर्न खोजिरहेको बताएका छन् । उनले आफूले कम बोल्ने र काम बढी गर्न खोजेको सुनाए ।

आज (शनिबार) पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । छोटोसम्बोधन गरेका देउवाले आफूले पार्टीभित्र एकता कायम गर्न प्रयत्न गरेको पनि सुनाए ।

उनले पार्टी भाषणले नचल्ने र काम गरेर देखाउनुपर्ने बताए । सभापति देउवाले लुम्बिनी बुद्ध जन्मेको स्थान भएको र बुद्धकै उपदेश विश्वभर फैलिएको उल्लेख गर्दै बुद्धकै स्थलमा भएको लुम्बिनी प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे ।

उनले भने,‘चन्द्र भण्डारी जीले भनिसक्नु भयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन, पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषण अनुसार काम पनि गर्नुहोला