images
images

मुख्यमन्त्री जम्कट्टेलद्वारा आज सर्वदलीय बैठक आह्वान

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार सर्वदलीय बैठक आह्वान गरेका छन्। उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौंडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुंगाे लगाउने जनाइएको छ।