images

‘राजतन्त्र फर्काउन दुष्प्रयास गर्नेहरु सल्बलाएका छन्’ :अध्यक्ष ओली

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक व्यवस्थाविरुद्ध वितृष्णा फैलाउन अनेकौँ तत्त्वहरू सक्रिय भएको बताएका छन्।

समृद्धिको लागि सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रतिक्रियावादीहरूले गणतन्त्र उल्टाउने दुष्प्रयास गरे पनि उनीहरूको कुचेष्टा कहिल्यै सफल नहुने बताए।

‘आज प्रतिगमनतिर फर्कने कुरा कसैले गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रविरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो,’ लोकतन्त्रविरुद्ध बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट पार्दै उनले भने, ‘त्यो नेपाल र नेपालीको हितविपरीत छ।’

अहिले देशको अर्थतन्त्र बिग्रेर देशमा गरिबी बढेको आरोप लगाउँदै ओलीले नेकपा एमाले सरकारमा रहँदा देशमा स्वरोजगारी बढ्नुका साथै युवा विदेसिने क्रम घटेको र देश विकासले गति लिएको दाबी पनि गरे।

‘देश विकास गर्नका लागि फेरि पनि एमाले नै चाहिन्छ, विकासको बाटोमा अघि बढाउनका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ,’ ओलीको भनाइ थियो।