images
images

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्र संघको आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन घाना प्रस्थान गरेका हुन्।

संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही डिसेम्बर ५ देखि ६ तारिखसम्म हुँदैछ।

सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र संघ शान्ति स्थापनालाई सहयोग पुर्‍याउन सक्ने विभिन्न नौ वटा क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुनेछ।

उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नेछन् भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनेछन्।