images
images

रास्वपा अध्यक्ष रवी मलेसियाको दुईदिने कार्यक्रम सकेरआज स्वदेश फर्किदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने मलेसिया भ्रमणबाट आज स्वदेश फर्किदैछन्।

प्रवास नेपाली सम्पर्क विभाग मलेसियाको दुईदिने कार्यक्रम सकेर उनी आज स्वदेश फर्किन लागेका हुन्।

मलेसियामा रहँदा लामिछानेले त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग छलफल गरेका थिए। मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

साथै मलेसियामा रहेका नेपालीहरुसँग पनि विभिन्न विषयमा अन्तरक्रिया र छलफल गरेका थिए।

रास्वपाले मलेसियाको विभिन्न शहरहरुमा पाँच वटा रास्ट्र सेवक समाज समेत गठन गरेको छ