मधेश प्रदेशको समीक्षा गर्न प्रधानमन्त्री दाहाल बर्दिबासमा

बर्दिबास :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरीको बर्दिबास आइपुगेका छन्।

पार्टीको तीन महिने रूपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समीक्षा गर्न प्रधानमन्त्री दाहाल महोत्तरीको बर्दिबास आइपुगेको माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ।

अहिले महोत्तरीको बर्दिबास स्थित माईस्थान पंञ्चधुरा पार्टी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक प्रारम्भ भएको छ। बैठकबाट नै रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसगँ रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटब्युरो सदस्य राजु खडकाले जानकारी दिए।

बर्दिबासको कार्यक्रम पश्चात् प्रधानमन्त्री  दाहाल महोत्तरी कै गौशाला नगरपालिकामा हुने पार्टीकै कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

उनले गौशालामा १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।