images
images

केपी शर्मा ओली द्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन ग‍रेका छन्।

महाकाली-मेची अभियानका क्रममा मंगलवार बिहान उनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन्।

अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए। उनले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता जनाए।

उनले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए।

अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे।

उनल भने, ‘यो आयोजनाको गुणस्तरमा कम्प्राेमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँग जाेडिएकाे छ। यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन। गुणस्तरमा कम्प्राेमाइज गर्नु हुँदैन, यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो। कम्प्राेमाइज गर्दा त्यसले ठूलो दुर्घटना निम्त्याउँछ। यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस्।’

भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ।