images
images

नेताहरूले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन्ः अध्यक्ष तिमिल्सिना

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित बालक्लवका पूर्व सदस्यको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरे।

उनले अघिल्लो पुस्ताका नेताले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औंल्याए।

युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए।

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरु दृढ अठोटका साथ अघि बढनुपर्ने बताए।

उनले बालक्लवमा आवद्ध युवाहरूले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेलक्ष्यसहित अघि बढ्नुपर्ने पनि बताए।