images
images

भारतीय विदेश मन्त्री जयशंकर जनवरीमा नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर जनवरीको पहिलो साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–भारत विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि उनी नेपाल आउन लागेका हुन् ।

उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटिसकेका छन् । संयुक्त बैठकमा के(के एजेण्डामा छलफल हुने त्यसको बारेमा तयारी सुरु भएको छ ।

सम्पूर्ण तयारी पुरा भएपछि मिति तय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।