images
images

भारतीय चर्चित टीभी सो ‘सीआईडी’ का कलाकार दिनेश फडणीसको निधन

काठमाडौं । भारतीय चर्चित टीभी सो ‘सीआईडी’ का कलाकार दिनेश फडणीसको निधन भएको छ ।

सीआईडीमा ‘फ्रेड्रिक्स’ को भूमिकामा अभिनय गर्ने कलाकारको गए राति निधन भएको हो । उनको जन्म सन् १९६६ मा भएको हो ।

उनका सहकर्मी एवं कलाकार दयानन्द सेट्टीले दिनेशको मृत्यु भएको जानकारी दिएको बीबीसीले समाचारमा जनाएको छ ।

सेट्टीका अनुसार दिनेशको निधन स्थानीय समयअनुसार गएराति १२ बजेर ८ मिनेटमा भएको हो ।

उनी गत नोभेम्बर ३० (मंसिर १४ गते) देखि मुम्बईमा रहेको कान्दिवली अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।