images
images

नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद हुने जिल्ला अदालतको फैसला

रुकुमपश्चिमको चौरजहारी नगरपालिका- ८, सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

मंगलबार न्यायाधीश खड्गबहादुर केसीको इजलासले उक्त घटनामा संलग्न रहेका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार  यसअघि धरौटीमा छुटेका ८ जनाले सफाइ पाएका छन् ।

जाजरकोटबाट प्रेमिका लिन गएका नवराज विकसहित ६ जनाको १० जेठ २०७७ मा भेरी नदीमा बगाएर हत्या भएको थियो । विककी प्रेमिकाका बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा दुई/दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल्ने फैसला भएको सूचना अधिकारी केसीले जानकारी दिए ।