images
images

पशुपतिनाथको जलहरी प्रकरण: ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइनः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिको जलहरीसम्बन्धी विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जोड्नु उचित नहुने बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले पशुपतिमा जलहरी राख्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको रहेको हुँदा ओलीलाई जोड्नु नहुने बताएका हुन्।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराउनु भयो । उहाँले सो प्रकरणबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानविन हुने आश्वासन समेत दिनुभयो ।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे छानविन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँको सो जवाफ दिएपछि अहिले संसद बैठक सूचारु भएको छ ।

एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओलीलाई मुछेको भन्दै शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।