images
images

मन्त्री किराती द्वारा मिडियामा आएको समाचारको खण्डन:प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफुले भ्रष्ट्राचार गरेको प्रमाणित गरेको पाइए एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले घुस नखाएको र अरुलाई पनि नखुवाउँदा पापीहरु बौलाएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन…’

पशुपति विकास कोषको जग्गामा मन्त्री किरातीले भ्रष्टाचार गरेको भन्दै विभिन्न मिडियामा समाचारहरु आएपछि उनले सोको खण्डन गरेका हुन् ।