images
images

यस्तो छ आजको मन्त्रीपरिषद निर्णय :आममाफी देखी नियुक्ति सम्म

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

गणतन्त्र दिवसका अवसरमा उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनको भनाई छ ।

चौधरीसँग अन्य केही कैदीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीलाई सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोली सानो हुनु पर्ने बताएकी छिन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले प्रधानमन्त्रीको भ्रमणको टोली सानो हुनु पर्ने बताएकी हुन् ।

मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारी अन्तिम चरणमा पुगेको पनि बताइन्।

सोमबार मन्त्रीपरिषद्को बैठक बसेर एजेन्डा तय गर्ने मन्त्री शर्माले जानकारी दिइन् ।

त्यस्तै :राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता दुलाल नियुक्त भएकी छिन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त महिला सदस्य पदमा दुलाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णय गरेको सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।