संसदीय सुनुवाइ विशेष समितिमा सदस्य चयन, कुन दलबाट को-को ?

संयुक्त संसदीय सुनुवाइ समितिको प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम अनुमोदन भएको छ । जसमा नेपाली कांग्रेस र नेकपा एमालेका ४-४ जना सदस्य रहेका छन् भने माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपाका १-१ रहेका छन् । प्रतिनिधिसभाको नाम अनुमोदनसँगै समितिले पूर्णता पाएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको टुंगो लागेको छ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यहरू रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की समितिमा छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जिएम छन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा, जसपाबाट प्रकाश अधिकारी समितिमा प्रतिनिधित्व गर्छन्।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेबाट देवेन्द्र दाहाल, माओवादीबाट जगप्रसादश शर्मा गत वैशाख १३ गते नै मनोनीत भइसकेका छन्।

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य, राजदूतको नाम अनुमोदन गर्ने गरेको छ ।