images
images

मन्त्रिपरिषद् बैठक बस्दै:आर्थिक वर्षको बजेट पारित गर्न

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

मन्त्रिपरिषद् बैठक सोमबार (आज) दिउँसो २ बजे सिंहदरवारमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा पनि छलफल गरी टुङ्ग्याउने बताइएको छ ।

सिंहदरवारमा बस्न लागेको उक्त बैठकले बजेट पास गरेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले आज दिउँसो ४ बजे संघीय संसद्मा पेस गर्ने भएका छन् ।