images
images

नेविसंंघले प्रधानमन्त्रीलाई भेटेर भन्यो -‘भ्रष्टाचारविरुद्ध कदमलाई साथ छ, शैक्षिक रुपान्तरणमा पनि त्यस्तै भुमिका खेल्नुस् ‘

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुसासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधि अभियानमा साथ रहेको बताएको छ । साथै, नेविसंघले प्रधानमन्त्रीसँग विभिन्न मागहरु राखेको छ ।

संगठनको तर्फबाट आफ्ना मागहरु प्रस्तुत गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति , नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको नीति राज्यले अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राख्नुभयो ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताउँनुभयो। साथै, विद्यार्थीका मागलाई सकारात्मक रुपमा लिंदैशैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविश्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेस गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भैराखेको प्रधानमन्त्रीले बताउँनुभयो ।