images
images

भौतिक पूर्वाधारमा १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौँ – सरकारले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि बजेट ७७ अर्ब ४५ करोड बजेट छुट्याएको छ।

काठमाडौँ – सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट प्रश्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताए। उनले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेको बताए।

सरकारले भौतिक पूर्वाधार मन्त्रालयको चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको ३० अर्बले बजेट घटेकाको छ। त्यस्तै सरकारले नारयणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए। उनले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विबस्तार गर्ने कार्यलाई तिब्रता दिइने बताए।

उनले नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको बिस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए। उनले कमला –ढल्केवर,पथलैया वुटवल,गोरूसिङ्गे, काँकडभिट्टा,लौकही, पथलैया,नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको बताए।

नारायणी नदी र तिनाउ नदीमा पुल निर्माण शुरू गर्ने बताए। उनले पूर्व–पश्चिम राजमार्गको बिस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको बताए। उनले नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने बताए।

सरकारले राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमीकोटलाई आगामी आर्थिक वर्षमा सडकले जोडिने बताए। उनले जसका लागि ९७ करोड विनियोजन गरिएको बताए। उनले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने बताए। उनले सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने बताए। अर्थमन्त्री महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताए। उनले सूर्यविनायक धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको बताए।

अर्थमन्त्री महतले काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक बिस्तार तथा निर्माण कार्यलाई तिब्रता दिन २ अर्ब ७ करोड छुट्याएको बताए। उनले राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए।

उनले काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने बताए। उनले सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइने बताए। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्युनिकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने बताए।