काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा आफूले भ्रमण गर्न लागेको बताए ।
भ्रमणमा पराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा। प्रकाशशरण महत, भौतिकमन्त्री प्रकाश ज्वाला र उद्योगमन्त्री रमेश रिजाललगायत सहभागी हुने छन् ।
प्रधानमन्त्रीले भ्रमणको विविध चरणमा तयारी भइरहेको बताए ।