images
images

संसदमा नागरिकता विधेयक छलफल नगरी प्रमाणी करण गरेकोमा रास्वपा को आपत्ति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ जनादेशबाट बनेकाे नयाँ संसदमा नागरिकता विधेयक छलफल नगरी प्रमाणीकरण गरेकाे भन्दै आपत्ति जनाएका छन्।

सभापति लामिछानेले बुधबार सामाजिक सञ्जालमार्फत् यस्तो आपत्ति जनाएका हुन्।

राष्ट्रपति पौडेलले आज बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन्।

उनले पूरानो विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत भएको बताए।

सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ।’

सरकारले जेठ १२ मा राष्ट्रपति पौडेललाई विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको थियो।

संघीय संसद्‌बाट पारित गरे पनि गत असोजदेखि राष्ट्रपति कार्यालयमा अलपत्र परेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण हुन राेकेकी थिइन्।

नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको व्यापक आलोचना भइरहेको छ।