images
images

प्रधामन्त्रीको भारत भ्रमणः भारतका सुरक्षा सल्लाकार र विदेशसचिवसँग भेट वार्ता

काठमाडौं । चार दिेन भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले भेट गरेका छन् ।

नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा सल्लाहकार डोभाल र विदेशसचिव क्वात्राले प्रचण्ड बसेको होटेल मयुर्या पुगेर भेटवार्ता गरेका हुन् ।

भारत पुगेका प्रधानमन्त्रीलाई नयाँ दिल्लिस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।